• २०८१ असार ३ सोमबार

के हार्दिक र नतासाको डिभोर्स भएको हो ?

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।

यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुन: आगमन हार्दिकका लागि ब्याक फायर बन्यो । यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्सन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके ।

अब आइपिएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ । उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।

नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडी पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडी रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।

केहि दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै