• २०८१ असोज ५ शनिबार

लिङ्देनको टिप्पणी- संघीयता बोझिलो र खतरनाक भयो

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको टिप्पणी गरेका छन् ।

शुक्रवारदेखि शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका हुन् । 

अध्यक्ष लिङ्देनले मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभई आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गरेका छन् ।

उनले प्रतिवेदनमा मुलुकले तीन तहको राज्य संरचना र धेरै सङ्ख्याको जनप्रतिनिधिहरूलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने उल्लेख गर्दै देशको दीर्घकालीन हितका लागि प्रदेशको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै सत्ता पक्ष र प्रमुख दलहरूको क्रियाकलाका कारण सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभई समान हुनुपर्ने उल्लेख गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको र महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनहरु पेस गरेका छन् ।

शुक्रबार नै विभिन्न सात प्रदेशका प्रदेश अध्यक्षले प्रदेशको कार्यप्रगति विवरणसहितको प्रतिवेदन पेस गर्ने र शुक्रबारदेखि नै विभिन्न प्रतिवेदनमा छलफल हुने भएको छ । त्यस्तै शनिबार प्रतिवेदन र भुगोल केन्द्रित जिम्मेवारीका बारेमा गरेको प्रगति विवरणबारे बैठकलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै