• २०८१ बैशाख १८ मंगलबार

संसदमा कांग्रेसको अवरोध

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै