• २०८१ बैशाख २४ सोमबार

आयरल्याण्ड वोल्भ्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल ए

kharibot

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुदै छ ।

टियु मैदानमा हुने यस खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ ।

यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै