• २०८१ बैशाख ३० आइतबार

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

kharibot

काठमाडौँ। भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् ।  सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् ।

विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् ।

सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा सपथ लिएको यो तेस्रो पटक हो । यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनेका छन् । 

उमा नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका काकाकी पत्नी थिइन् । उमाको कार्यकाल सन् १९६२–६३ मा थियो । त्यही क्रममा इन्दिरा गान्धी सन् १९६४ मा राज्यसभामा पुगिन् ।

इन्दिरा गान्धी सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य थिइन् । दुवै नेताले राज्यसभामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेका थिए । जब इन्दिरा

पहिलो पटक प्रधानमन्त्री बनिन्, उनी राज्यसभाको सदस्य थिइन् । सन् १९६७ को लोकसभा चुनावमा उनले रायबरेली सिटबाट चुनाव लडेर जितिन् । त्यसपछि उनले राज्यसभाको सदस्यता त्यागेकी थिइन् ।

सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । 

यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे । राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।

रायबरेली सोही सिट थियो जहाँबाट सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेकी थिइन् । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार चार पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै