• २०८१ बैशाख १७ सोमबार

आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

kharibot

विराटनगर । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक एक गोल गरेका थिए । 

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन् । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै