• २०८१ बैशाख १५ शनिबार

आइपिएलमा आज राजस्थान र दिल्ली आमने सामने

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुदै छ । राजस्थान रोयल्सको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेको छ भने दिल्लीले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

राजस्थानले अफिलो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो भने दिल्ली आफ्नो पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।

राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, पृथ्वी शाह, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यस्तै डेविड वार्नर, मिचेल, साइ होप मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ ।

दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै