• २०८१ बैशाख २३ आइतबार

जनप्रतिनिधि फलोअप : एक बर्षमा काठमाडौँ महानगर वडा नम्बर १ मा जनप्रतिनिधिले के के गरे ?  

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्यको ठूलो वडाको रुपमा वडा नम्बर एक रहेको छ  । कामपा वडा नम्बर एक सानो वडा भएता पनि आयस्रोतको हिसावले ठूलो वडामा परेको वडा अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।  उनले भने “ हाम्रो वडा सानो हो तर आयस्रोतको हिसावले ठूलो वडामा परेको छ ।  ”

नक्साल, नागपोखरी, कान्तिपथ, ज्ञानेश्वर, जमल, कमलपोखरी दरवार मार्ग, लालदरबारमार्ग, हात्तीसार, ढुङ्गेधारा, भगवतीबहाल, देवीमार्ग लगायतका ठाउँहरु  काठमाडौँ महानगरको वडा नम्बर  एक भित्र  पर्दछन. । 

स्थानीयतहको निर्वाचनपछि काठमाडौँ महानगरको पहिलो बोर्ड बैठकले महानगरभित्र विकास निर्माणलाई निरन्तरता दिन काठमाण्डौँ महानगरका ३२ वडा ठूलो, मझौला र सानो गरेर तीन तहमा विभाजन गरेको थियो,  जसमध्य सानो वडा भएता पनि आयस्रोतको हिसावले यो वडा  ठूलो वडामा परेको थियो  । 

महानगरले ठूलो वडालाई वार्षिक २ करोड २५ लाख, मझौलालाई एक करोड २५ लाख र सानो वडालाई एक करोड ५ लाखदिने निर्णय गरेको थियो । 

महानगरको यसै निर्णय अनुसार कामपा १ नम्बर वडालाई ठूलो वडाको रुपमा वार्षिक २ करोड  २५ लाख रुपौयँ छुट्याएको  छ । २० हजार जनसंख्या भएको यस वडामा ३५ सय मतदाताहरु रहेका छन्  ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा भरतलाल श्रेष्ठ वडा अध्यक्ष छन् ।  उनी नेकपाबाट विजयी भएका हुन् भने वडा सदस्यहरुमा दलीत र पुरुष सदस्यमा काँग्रेसले जितेको छ । भने बाँकि नेकपाबाट विजयी भएका थिए  । अझ भनौँ यस वडाका वडा पदाधिकारीहरु मिश्रित रहेका छन् । भूतपुर्व प्रधानन्यायाधिशद्धय मोहनप्रसाद  शर्मा  र ओमभक्त श्रेष्ठ यसै वडामा बस्दै आएका छन् । 

अन्य वडामा झै यस वडामा पनि जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै विकास निर्माणका काम भएका वडा अध्यक्ष श्रेष्ठ दाबी गर्छन ।

खरीबोटसँग कुरा गर्दे  वडा अध्यक्ष भरतलाल श्रेष्ठले स्थानीयको माग र आबश्यकताको आधारमा विकास निर्माणको काम गर्दै आएको बताए । उनले भने “ स्थानीयको आबश्यकता अनुसार विकास निर्माणका कामगदैँ आएका छौँ । ”

यस वडामा प्रमुख समस्याको रुपमा ढल र सडक रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार एक वर्षको अवधिमा विभिन्न विकास निर्माणका काम भएको बताउदै नक्साललाई केन्द्र मानेर  वरपरको हिसावगर्दा वरपरका सबै सडक राम्रा छन्, तर मेलम्चीको कारण कमलपोखरीदेखि सिंहदरबार सम्मको बाटो बनाउन नसक्नु ठूलो कमजोरी भएको स्विकार्छन । 

ढल र सडकबाहेकका कुरामा एक नम्बर वडामा खासै समस्या नभएको उनले बताए । त्यसैले त श्रेष्ठ भन्छन् “अबको एक वर्षभित्र यस वडाका सबै सडक पक्कि हुने र कच्ची सडक बाँकि रहने छैनन् । ”

श्रेष्ठका अनुसार कान्तिपथमा ढल निर्माण, बालमन्दिर नक्सालमा पानी ट्याङ्की र डिप बोरिङ्ग,  ढुङ्गे धारामा ब्लक छाप्ने तथा मर्मत, सम मार्गमा ढल मर्मत र भैरव मन्दिरमा रंगरोगन,  ज्यापुटोलमा लिच्छवी कालीन पाटी मर्मत तथा बोरिङ्ग, नाटेश्वरी गल्लीमा ढल तथा ब्लक छाप्ने कार्य,  ढुङ्गे धारा तथा गणेश मन्दिरमा रंगरोगन तथा नागपोखरीको पेटी मर्मत,  भगवती मार्गमा ब्लक छाप्ने कार्य, कमलपोखरीमा शालिक मर्मत,  दरबारमार्ग तथा हरीहर गल्लिमा ब्लक छाप्ने कार्य, सामुदायिक भवन मर्मत,  शंकर किर्ति महाविहारमा शौचालय ढलान, प्लाष्टर  र रंगरोगन,  भगवान बहालमा टहरा निर्माण , सम मार्ग ज्यापुटोलमा मेन होल बनाउने तथा सफा गर्ने, विभिन्न ठाउँमा सडक बत्ति जडान लगाएका धेरै कामहरु सम्पन्न भएका छन्  । 

काठमाडौँ महानगरकै प्रमुख समस्याका रुपमा रहेको ढल निका को समस्या यस वडामा पनि रहेको उनि बताउछन । यस वडामा बाटो बनाउने काम अब ५ प्रतिशतमात्र बाँकि रहेको उनले बताए । जनप्रतिनिधि सबैको भएको बताउँदै श्रेष्ठले काम गर्दा पार्टीभन्दा माथि उठेर काम गरिरहेको बताए ।  

त्यस्तै, नक्सालमा खानेपानीको कुनै समस्यान भएको उनले बताए । उनी भन्छन् ‘खानेपानीमा नक्साल भाग्यमानी छ, हप्तामा दुई दिन धारामा पानी आउँछ ।’ त्यस्तै ढुङ्गे भाराको पानी समेत बोरीङ्ग गरेर निकाली फिल्टर गरेको पानी वितरण गरीने भएकाले स्थानीयलाई सहज भएको छ, जुन पानी दिन बिराएर वितरण गरिन्छ । 

यस वडामा प्रमुख समस्याको रुपमा रहेको ढल  र सडक ब्यवस्थापन तथा निर्माणको लागि कमलपोखरीदेखि सिंहदरबारसम्मको सडक मेलम्चीको काम सकिना साथ बाटो पिच गर्ने  र ढलको समया समाधानको लागि ६-६ महिनामा सफा गर्दे आएको र स्थानीयको सर सल्लाहामा ढल ब्यवस्थापनको लागि काम गर्ने श्रेष्ठले बताए । 

त्यस्तै वडाको फोहोर ब्यवस्थापनको लागि साइरन मार्फत सबैको फोहोर एकै ठाउँमा संकलन गरेर मोटरमा राख्ने काम भएको छ भने मुख्य सडकमा भने सडकमा फोहोर जम्मा नगरी सिधै मोटरमा राख्दै आएको श्रेष्ठले जानकारी दिए  ।

त्यस्तै , महानगरले ल्याएको कौसी खेती कार्यक्रमले घरबाट निस्कने गल्ने खालको फोहोर ब्यवस्थापनमा सहयोग पुगेको उनको भनाई छ । 

महिला सशक्तिकरण बिभिन्न तालीम तथा निरक्षरहरुको लागि प्रौढ शिक्षा प्रदान गरेको र क लेख्न नजान्नेले हस्ताक्षर सम्म गर्न सक्ने भएको उनले बताउँदै बेकरीको तालिम दिने योजना भएको उनले बताए । 

त्यस्तै, नन्दिकेशर मन्दिरको छेउमा आइल्याण्ड बनाउने तयारी रहेको उनले जानकारी दिए । धेरै पुरानो तथा ऐतिहासिक नन्दिकेशर महादेवको मन्दिर पूननिर्माणको काम भने महानगरको नीति तथा कार्यक्रममा नै समाबेश गर्ने योजना रहेको उनले बताए । यस वडामा भएका पाटी पौवा, मन्दिरहरुको संरक्षण गर्ने मुख्य योजना रहेको छ, साथसाथै , वडा बासीलाई व्यवसायिक तालिम, महिला सिप क्षमता विकास , प्रवर्दन र सचेतना सम्बन्धि कार्यक्रम,  स्वास्थ्य परिक्षण,  वेवारिसे लास सदगत गर्ने , सडक बत्ति जडान, खानेपानीको पाइप बिच्छ्याउने तथा खानेपानी लाइन बिस्तार गर्ने, खानेपानीको टङयाकी निर्माण गर्ने, कुवा तथा इनार मर्मत,  शौचालय निर्माण,  सामुदायिक क्लब निर्माण,  पुस्तकालय भवन निर्माण, जेष्ठ नागरीक क्लबनिर्माण, वडा कार्यालयको भवन निर्माण, ढल निर्माण, ब्लक छाप्ने, जीर्णेद्धार,  फुटसल पिच गर्ने, पार्क निर्माण ,  सार्वजनीक जग्गा संरक्षण गर्ने, विभिन्न स्थानमा वाइफाइसहित सिसि क्यामरा जडान गर्ने, हरियाली प्रवर्धन तथा वृक्षारोपण गर्ने, फोहारमैला ब्यवस्थापन,  सार्वजनीक सुनुवाहि कार्यक्रम, कार्यालयको सामान खरीद लगायतका कामगर्ने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए  ।

    
    
    
    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै