• २०८१ बैशाख १५ शनिबार

आइपिएलमा चेन्नईको विजयी शुरुवात

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ ।

आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आइपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।

त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलुरुले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै