काठमाडौँ। साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेको छ।
यसदिन नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ। बिहीबारको बजारमा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८२ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१५ वटा धितोपत्रको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।