• २०८१ बैशाख १५ शनिबार

मधेश प्रदेश सरकारको सुराकी खर्च खारेज

kharibot

जनकपुर । मधेश प्रदेश सरकारले सुराकी खर्च खारेज गरेको छ । गृह मन्त्रालयको कार्यभार सम्हाल्न मंगलबार मन्त्रालय पुगेका मन्त्री सरोज कुमार यादवले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका छन् ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेजको निर्णय गरेका हुन् । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च खारेजकै निर्णय गर्नुभएको छ,’ मन्त्रालयका सूचना अधिकारी सिंहले भने ।

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुशी बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै