• २०८१ बैशाख १५ शनिबार

खेलकुदमन्त्री श्रेष्ठ र आइसिसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

kharibot

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) अध्यक्ष ग्रेग बार्कलेबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवर्तामा राष्ट्रिय गौरवको रूपमा रहेका रंगशाला, त्रिवि मैदानको फ्लड लाइट, आइसिसीसँगको सहकार्य तथा क्रिकेटको विकास र अभिवृद्धिको विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा अध्यक्ष ग्रेगले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए ।

यस्तै मन्त्रीले नेपाल सरकारले मुलपानीको तल्लो रंगशाला, भरतपुरको गौतमबुद्ध रंगशाला र विराटनगरको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको बताउँदै निर्माण कार्यको विषयमा जानकारी गराए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै