• २०८१ बैशाख १७ सोमबार

दुई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए  र भारतमा खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा दुई सिरिज खेल्ने टिमको घोषणा गरेको हो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग मार्च २४ र २५ मा दुई टी-२० खेल खेल्दै छ ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

खेल तालिका अनुसार नेपालले ३१ मार्चमा गुजरातविरुद्ध खेल्ने छ भने १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुजरात, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै