• २०८१ बैशाख १६ आइतबार

इलाम- २ को उपनिर्वाचनमा उम्मेदवार छान्न रास्वपाले सार्बजनिक गर्यो तालिका

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि चैत ६ देखि १४ गतेसम्म आवेदन दिन भनिएको छ । त्यसपछि प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते साँझ ८ बजे प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ । 

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय चैत १५ गते दिउँसो १ बजेसम्म तोकिएको छ । पार्टीले चैत १६ मा उम्मेदवार टुंगो लगाएर चैत १७ मा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।

प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन् । उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै