• २०८१ बैशाख १५ शनिबार

अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने कानुन तल्लो सदनबाट पारित

kharibot

वाशिंगटन । अमेरिकी सांसदहरूले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन् ।

अमेरिकी कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एडभाइजरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक विधेयकमा मतदान भएको थियो । यो विधेयकले टिकटक जस्ता विदेशी एपहरू अमेरिकामा प्रतिबन्ध लगाउने पक्षमा संसदहरुले मतदान गरेका हुन् । मतदानमा यस विधयकको पक्षमा ३५२ मत परेको थियो भने विपक्षमा ६५ मत परेको थियो ।

अब यो विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटमा जानेछ, जहाँ छलफलपछि मतदान हुनेछ र सिनेटबाट पारित भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ । यो विधेयक भारतीय मूलका अमेरिकी सांसद राजा कृष्णमूर्ति र अन्य सांसद माइक गालाघले पेश गरेका हुन् । विधेयकमा टिकटकले चिनियाँ कम्युनिष्ट पार्टीसँगको आफ्नो सम्बन्ध तोड्न र अमेरिकामा नै डाटा सेन्टर राख्न शर्त राखिएको छ, जसले गर्दा लाखौं अमेरिकी नागरिकहरू, विशेष गरी बालबालिकाको डाटा सुरक्षित गर्न सकिन्छ ।

टिकटको मुख्य कम्पनि चिनियाँ कम्पनि बाइटडान्स हो । टिकटक बाइटडान्सबाट अलग भएमा मात्र अमेरिकामा संचालन गर्न सकिने नयाँ विधेयकमा व्यवस्था गरिएको छ । यसका लागि टिकटकले पाँच महिनाको समय पाउने छ । यो कानुन बनेपछि टिकटकले आफ्नो स्वामित्व अमेरिकी लगानीकर्तालाई बेच्न बाध्य हुने भएको छ । अहिले टिकटकको १०० बिलियन डलर भ्यालुयसन रहेको बताइएको छ । टिकटकका सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा करिब १४९ मिलियनले टिकटक प्रयोग गर्दछन् ।

यसैबीच अमेरिकी तल्लो सदनबाट टिकटक प्रतिबन्ध लगाउने कानुन पारित भएपछि चीनले कडा प्रतिक्रिया दिदै यसले अमेरिकालाई 'ब्याकफायर' गर्ने चेतावनी दिएको छ ।

टिकटक यसअघि भारत, युरोपियन युनियन र क्यानडामा प्रतिबन्ध लगाइएको छ । त्यस्तै नेपालमा सरकारले सामाजिक बिकृति भित्र्याएको भन्दै अहिले टिकटक बन्द रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै