• २०८१ बैशाख २३ आइतबार

इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । इन्टर मियामी उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपको क्वाटरफाइनलमा पुगेको छ ।

विहिबार बिहान सम्पन्न राउण्ड १६ को दोस्रो लिग खेलमा इन्टर मियामीले नाशभिल्लेलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को जित निकालेर कोनकाकाफ च्याम्पियन्स कपको क्वाटरफाइनलमा पुगेको हो ।

आजको महत्वपूर्ण जितमा इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसि र रोबेर्ट टेलरले एक एक गोल गरेका थिए भने नाशभिल्लेका लागि साम सुरिजले एक गोल फर्काएका थिए ।

यस अघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा इन्टर मियामी नाशभिल्लेसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

अब इन्टर मियामीले क्वाटरफाइनलमा सिनसिनाटी र मोन्टेरेयबीचको विजेतासँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै