• २०८१ बैशाख १५ शनिबार

एन्फा मोरङ बुढासुब्बा गोल्डकपको फाइनलमा

kharibot

धरान । एन्फा मोरङ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै मोरङ प्रतियोगिताको फाइनलमा पुगेको हो । 

धरान रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा धरानका मिलन राईले हानेको बल मोरङका गोल किपर पूर्ण चेम्जोङले रोकपछि धरान पराजित बन्न पुगेको हो ।

यस खेलमा खेलको ३२औं मिनेटमा धरान फुटबल क्लबका प्रबिण भुजेलले दोहोरो पहेलो कार्ड हुँदै रेड कार्ड पाएर मैदान छोडेपछि धरान १० खेलाडीमा सिमित भएको थियो ।

अब बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरोड टिम एनआरटीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै