• २०८१ बैशाख १७ सोमबार

ओलीको गुनासो- कांग्रेस एमालेसँग बसेर कुरा गर्ननै तयार छैन !

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस छलफलका लागि तयार नै नभएको गुनासो गरेका छन् । 

प्रतिनिधि सभामा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै पछिल्ला तीन बर्षमा कांग्रेस एमालेसँग छलफलका लागि तयार नै नभएको गुनासो गरेका हुन् ।

दुई दल मिलेर ठुला ठुला काम गरेको उल्लेख गर्दै ओलीले कांग्रेस छलफलमै नआएको बताउदै कांग्रेस सभापति शेरबहादुर देउवालाई बसेर कुराकानी गर्न प्रस्ताव गरेका छन् ।

उनले भने- 'कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै