• २०८१ बैशाख १६ आइतबार

आर्मीलाई हराउदै एनआरटी बुढासुब्बा गोल्डकपको सेमीफाइनलमा

kharibot

फाइल तस्बीर

धरान । न्युरोड टिम एनआरटी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धरान रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी सेमिफाइनलमा पुगेको हो ।

१-० गोलले पछि परेको एनआरटीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । त्रिभुवन आर्मीका लागी मानबहादुर आले मगरले खेलको ५औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।  एनआरटीको जितमा शिशिर लेखी र अफिज ओलावालेले एक एक गोल गरेका थिए । लेखीले खेलको १४औँ र ओलावालेले ६०औँ मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार पाएका थिए ।

सोमबारको तेस्रो क्वाटर फाइनल खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुदै छ । यसअघि हिजो शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालका ७ र एक भारतीय सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै