• २०८१ बैशाख १६ आइतबार

नेपाल र हङकङबीचको खेल बर्षाले रद्ध

kharibot

काठमाडौँ । नेपाल र हङकङबीचको टी-२० खेल वर्षाले प्रभावित भएपछि खेल रद्ध भएको छ । 

टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।

लगातारको वर्षापछि खेल निर्धारित समयमा सुचारु हुन नसकेपछि खेल रद्ध भएको छ र दुवै टिमले एक एक अंक बाँडेका छन् ।  

यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै