• २०८१ बैशाख १७ सोमबार

नयाँ गठबन्धन शुद्ध छैन, केही मान्छे विवादित छन्- पम्फा भुसाल

kharibot

काठमाडौँ  । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धन पनि शुद्ध नभएको टिप्पणी गरेकी छिन् ।

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नयाँ सत्ता गठबन्धन शुद्ध नभएको टिप्पणी गरेकी हुन् ।

उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताएकी छन् ।

उनले भनिन्- ‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । केही मान्छे त विवादित छन् । हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ ।’

उपाध्यक्ष भुसालले तत्कालिन अर्थमन्त्रीले अर्थतन्त्रलाई गति दिन र सुधारका काम गर्न तयार नभएको र उनलाई परिवर्तन गर्न दलका नेता तयार नभएको आरोप लगाइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताउदै दीर्घकालसम्म देशमा दुई वटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने बताइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै