• २०८१ बैशाख १९ बुधबार

विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एक जना मात्र उपस्थित

kharibot

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एकजनामात्र संशोधनकर्ता सहभागी भएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव दर्ता भएको छ । 

आइतबारको बैठकमा १० संशोधनकर्तालाई बोलाइए पनि एकजना मात्र छलफलमा सहभागी भएका छन् । छलफलमा सहभागी भएका संशोधनकर्ता सांसद अम्बरबहादुर थापाले विधेयकमा घरपायक सरुवाको व्यवस्था गर्न नहुने र विद्यालयमा राजनीतिक संघ–संगठनको व्यवस्था पनि राख्न नहुनेमा बताए । 

उक्त विधेयकमा रहेका १६३ दफामा १५२ सरोकारवालाका संशोधन प्रस्ताव दर्ता भएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै