• २०८१ बैशाख १६ आइतबार

विश्वकप छनोटका लागि ३३ जनाको प्रारम्भिक टोलीको छनौट

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोली छनौट गरेको छ । नेपालले मार्च २१ र २७ मा बहराइनसँग खेल्नेछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् । 

नेपालले विश्वकप छनौटमा समुह एचमा रहेको छ । जसमा युएई, लाओस र बहराइन रहेका छन् । नेपालले यसअघि दुई खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ । नेपालले लाओससँग १-० गोलको र युएईसँग ४-० को हार बेहोरेको थियो ।

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ ।

डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ ।

मिडफिल्डरः अरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी र उत्सव राई ।

फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सञ्जीव विष्ट ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै