• २०८१ बैशाख १६ आइतबार

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

kharibot

झापा। शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै