• २०८१ बैशाख २९ शनिबार

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

kharibot

काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका

- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।  
- फाइनल, फागुन २२ गते मंगलबार ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै