• २०८१ बैशाख १७ सोमबार

एभर्टनलाई राहत

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब एभर्टनको लिगमा १० अंकको पेनाल्टी घटाइएको छ ।

गत नोभेम्बरमा फाइनान्सियल नियम तोडेको आरोपमा १० अंक घटाइएकोमा अब ६ अंक मात्र घटाइने भएको छ । एभर्टनले लिगले दिएको १० अंक घटाउने निर्णयविरुद्ध अपिल गरेपछि लिगले ६ अंक मात्र घटाउने निर्णय दिएको हो ।

यो निर्णयपछि हाल रेलिगेसनबाट संघर्ष गरिरहेको एभर्टन १५औं स्थानमा उक्लिने भएको छ ।

१० अंकको सजाय पाएको अवस्थामा एभर्टन २६ खेलमा २१ अंकसहित १७औ स्थानमा थिए । अब ६ अंक मात्र घट्ने भएपछि एभर्टनको २६ खेलमा २५ अंक हुने भएको छ र लिगमा १५औं स्थानमा रहने भएको हो ।

एभर्टनले प्रिमियर लिगको कमिसनले गरेको नयाँ निर्णयबाट आफुहरु सन्तुष्ट रहेको बताएको छ ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै