• २०८१ बैशाख १५ शनिबार

फ्राइडे रिलिज : आज ‘ए मेरो हजुर २’ प्रदर्शनमा, गीत जस्तै होला त फिल्म सुपर हिट ? 

kharibot

काठमाडौं ।  शुक्रबार अर्थात आज देखि  नेपाली सिनेमा घरहरुमा ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ । शुक्रबार एउटा नेपाली र यस शुर्क्र्बार सोलो रिल्ज भएकाले ‘ए मेरो हजुर २’ ले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । 

नायिका झरना थापाले पहिलो पटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ क यसअघि सार्वजनिक गरिएका दुई गीत सुपर हिट भइसकेका छन् । यसै फिल्मबाट डेभ्यु गरेका नायक सलिनमान बानियाँको पनि निकै तारिफ भएको छ । सलिनमान बानियाँ फिल्म रिलिज नहुदै सुपरस्टार बनिसकेका छन् । कतिले त उनलाई अनमोल केसीसँग तुलना गरेका छन् । सालिन नेपाली फिल्मका पछिल्ला नव नायक हुन् जो फिल्म रिलिज नहुदै चर्चाको सिखरमा छन् ।

त्यस्तै यस फिल्मको अर्को आकर्षण हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । नेपाली फिल्म उद्योगमा रेखा थापा पछि अत्यन्त सम्भावना भएकी नायिकाको रुपमा सम्राज्ञीलाई लिने गरिन्छ । आत्मविस्वासपूर्ण व्यक्तित्व र त्यस्तै अभिनयका कारण सम्राज्ञी पनि ए मेरो हजुर-२ हेर्नु पर्ने अर्को कारण हुन् सक्छिन ।   

चलचित्रमा एक जना युवक र युवतीको प्रेम कथा भएको र परिवारका कारण उनीहरुको सम्बन्धमा आएको समस्यालाई देखाइएको छ । चलचित्रमा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, झरना थापालगायतका कलाकारको अभिनय रहेको छ । 

निकै नै लोकप्रिय भएको चलचित्र ‘ए मेरो हजुर’ बाट केही कुराहरु लिइएको भए पनि ‘ए मेरो हजुर २’ सिक्वेल नै चाहिँ नभएको निर्माण पक्षले दाबि गरेको छ । चलचित्रको ‘कसम हो कसम’ र ‘किनिदेउ न साइँला दाइ’ गीत दर्शकले मन पराएका छन् ।  

प्रिमियरमा रुचाइयो :

विहिबार कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा झण्डै ५ सय जति चलचित्रकर्मीदेखि पत्रकारहरुको उपस्थितीका बीच फिल्म ए मेरो हजुर २ को प्रिमियर गरिएको छ ।
प्रिमियरमा फिल्मको तर्रिफ भएको छ ।  

फिल्मको निर्माण पक्ष र पहिलो पटक निर्देशनमा आएकी अभिनेत्री झरना थापाको निकै तारिफ भएको थियो भने फिल्मको कथालाई पनि प्रिमियरमा सहभागीहरुले अत्यन्त मन पराएका छन् । फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ र अम्बर सुवेदीको अभिनयको पनि प्रसंशा गरिएको छ । 

प्रिमियरमा रेखा थापा, पल शाह, आँचल शर्मा, सञ्चिता लुईटेल, पवित्रा आचार्य, सुशील क्षेत्री, जितु नेपाल, केदार घिमिरे, नीता ढुंगाना, रमेश उप्रेती, प्रशान्त ताम्राकार लगायतका कलाकारको उपस्थिति थियो।

कसरी रिलिज हुदै छ :

शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको खबर प्राप्त भएको छ । सात पर्दा रहेको हलका कृष्ण, ओम, नम र शिवाय 'ए मेरो हजुर २' हाउसफुल चलिरहेको छ । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको उपस्थिति राम्रो रहेको बताइएको छ ।
 
त्यस्तै मल्टिप्लेक्समा पनि फिल्मकोशुक्रबारको विहानको शो सबैतिर हाउसफुल चलिरहेको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो 'शो' का सिटहरु अग्रिम बुकिङ रहेका थिए । राजधानीमा फिल्मको पहिलो दिनको बिहानी अकुपेन्सी ८० प्रतिशत माथी देखिएको फिल्मका वितरकहरुले जानकारी दिएका छन् ।

ए मेरो हजुर २ काठमाडौँ बाहिर पनि राम्रो सुरुवात गरेको बताइएको छ । काठमाडौँ बाहिर फिल्म करिब ९० वटा हलमा रिलिज भएको फिल्मका वितरकले जानकारी दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै