• २०८१ बैशाख १७ सोमबार

प्रियंकारानी मिस वर्ल्डको उत्कृष्ट २५ मा

kharibot

काठमाडौँ । भारतमा आयोजना भैरहेको मिस वर्ल्ड प्रतियोगिता नेपालकी प्रियंकारानी जोशी उत्कृष्ट २५ मा प्रवेश गरेकी छिन् ।

जोशी मिस वर्ल्डमा भाग लिएका कूल ११७ प्रतिस्पर्धीबाट उत्कृष्ट २५ जनामा छनोट भएकी हुन् ।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोलाई लिएर अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो ।

छनोट भएका उत्कृष्ट २५ जनाले अब ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ ।

भारतमा आयोजना भएको ७१औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै