• २०८१ बैशाख १७ सोमबार

राप्रपाका नेताहरुलाई प्रधानमन्त्रीको जवाफ- माग स्वाभाविक रुपमा लिएको छु, सङ्घर्ष शान्तिपूर्ण होस्

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अगाडी सारेका मागलाई स्वाभाविक रुपमा लिएको बताएका छन् ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले संबिधानले नै नागरिकलाई आफ्ना माग निर्धक्कसँग राख्न सक्ने अधिकार दिएकाले राप्रपाले राखेका मागलाई आफुले स्वाभाविक रुपमा लिएको बताएका छन् । उनले सो अवसरमा  सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरेका थिए ।

उनले भने- 'नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ। लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन् । तपाईहरूले पनि त्यही माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।'

प्रधानमन्त्री प्रचण्डले राप्रपालाई शान्तिपूर्ण संघर्ष गर्न आग्रह गरेका थिए । उनले भने- 'राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्ष जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन । तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् । 

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै