• २०८१ बैशाख २४ सोमबार

दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

kharibot

काठमाडौं । श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी बिक मृत फेला परेका छन् ।

काठमाडौंको सितापाइलामा श्रीमती, छोरी र नातिनी सिवानाको हत्या गरी फरार रहेका विक हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचना पाएपनि प्रहरी टोली आज बिहान घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको हो ।  उनीहरु दुई तले घरको भुई तलामा कोठा लिएर बसेका उनीहरुमाथि ह्यामरले हानेको अवस्थामा रहेको फेला परेको प्रहरीले बताएको छ । 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै