• २०८१ बैशाख १५ शनिबार

दक्षिण कोरियाको आधा जनसङ्ख्या सोल क्षेत्रमा

kharibot

फाइल तस्बीर

सोल । दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । 

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार लेखेको छ, “देशको कूल जनसङ्ख्याको आधा सङ्ख्या सोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र आधाभन्दा बढी रोजगार व्यक्ति पनि सोही क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।” 

राजधानी सियोल, यसको आसपासको ग्योन्गी प्रान्त र पश्चिमी शहर इन्चोनमा दर्ता भएका बासिन्दाहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यसम्ममा दुई करोड ६० लाख १४ हजार २६५ रहेको थियो । यो कूल जनसङ्ख्याको ५०.७ प्रतिशत हो ।

हालैका वर्षहरूमा सियोलमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दो क्रममा रहेको भएपनि ग्योन्गी र इन्चोनमा बसोबास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । 

सन् २०१९ मा महानगरको कूल जनसङ्ख्याको अनुपात ५०.० प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत र सन् २०२३ मा ५०.७ प्रतिशत पुगेको छ ।

महानगरीय क्षेत्रमा बसोबास गर्ने कर्मचारीहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यमा करिब एक करोड ४४ लाख ८० हजार पुगेको थियो । यो देशको संयुक्त कामदारहरूको ५१.६ प्रतिशत हो । 

महानगरीय क्षेत्रमा आधारित व्यवसायले सन् २०२२ मा देशको कूल व्यवसायको ४९.१ प्रतिशत ओगटेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै