• २०८१ बैशाख १५ शनिबार

फागुन १ मा सार्वजनिक बिदा छैन- गृह मन्त्रालय

kharibot

काठमाडौँ । गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको स्पष्ट गरेको छ ।

मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ गतेको सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो । 

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ । 

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो ।

तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै परेको मुद्धामा सर्वोच्च अदालतले सो बिदा परमादेशबाट खारेज गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै