• २०८१ बैशाख १७ सोमबार

धर्मेन्द्रले ६४ बर्षपछि बदले आफ्नो नाम

kharibot

काठमाडौँ । बलिउड अभिनेता धर्मेन्द्रले ८८ वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गरेका छन् । शाहिद कपूर र कृति सेनन स्टारर फिल्म 'तेरी बातों में ऐसा उल्झा जिया' फेब्रुअरी ९ मा सिनेमाघरमा रिलिज हुँदा यो कुराको खुलासा भएको हो ।

फिल्ममा उल्लेख भएको नाममा धर्मेन्द्रले आफ्नो नाममा आफ्नो जन्मको बेला दिएको बीचको नाम र थर जोडेको खुलासा भएको छ । फिल्मको क्रेडिटमा उनको नाम धर्मेन्द्र सिंह देओल लेखिएको छ । फिल्म उद्योगमा प्रवेश गरेको करिब ६४ वर्षपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् ।

यसअघि धर्मेन्द्रले आफ्नो नाममा केही जोडेका थिएनन् । धर्मेन्द्रको बाल्यकालको नाम धर्मेन्द्र केवल किशन देओल हो । तर, धर्मेन्द्रले भने यसबारे घोषणा गरेका छैनन् । अहिले उनको नाम जताततै धर्मेन्द्रकै नामले लेखिएको छ ।

धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा भएको थियो । उनका पिताको नाम केवल किशन सिंह देओल र आमाको नाम सतवंत कौर थियो। उनी पञ्जाबको साहनेवाल गाउँका प्रधानाध्यापक थिए ।

धर्मेन्द्रले आफ्नो पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’का लागि मात्र ५१ रुपैयाँ पाएका थिए ।

धर्मेन्द्रले सन् १९५४ मा प्रकाश कौरसँग विवाह गर्दा हेमा ६ वर्षकी मात्र थिइन् । पछि सन् १९८० मा हेमासँग विवाह गरे । उनको यो दोस्रो विवाह थियो, हेमाबाट उनका दुई छोरी ईशा र आहाना छन् । प्रकाश कौरसँग उनका चार सन्तान छन्, छोराहरू अजय सिंह (सनी देओल), विजय सिंह (बबी देओल), छोरीहरू विजया र अजिता देओल । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै