• २०८१ बैशाख १५ शनिबार

डीआईजी अर्जुन चन्दको राजीनामा अस्वीकृत

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा अस्वीकृत भएको छ ।

राजीनामा रीतपूर्वक नभएको भन्दै अस्वीकृत गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले खरीबोटलाई जानकरी दिएको छ ।

विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेको घटनामा प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले शुक्रबार राजीनामा दिएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षकसहित उच्च प्रहरी अधिकारीहरुले चन्दसँग छलफल गर्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । सो छलफलपछि उनको १० दिन बिदा स्वीकृत गर्दै राजीनामा अस्वीकृत गरिएको स्रोतले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै