• २०८१ बैशाख १५ शनिबार

प्रहरीबाट अध्यागमनका कर्मचरी कुटिएको विषयमा गृहले बनायो छानबिन समिति

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीहरू प्रहरीबाटै कुटिएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । 

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन् । समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ । 

घटनालगत्तै भएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललगायत सहभागी थिए । 

सुरक्षाको विषय (जीउ खानतलासी) लाई लिएर विवाद उत्पन्न हुँदा विमानस्थलका प्रहरीले अध्यागमन कार्यालयका प्रमुखमाथि हातपात गरेका थिए । 'वाक थ्रु' मा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरीले अध्यागमन प्रमुखमाथि नै हातपात गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै