• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधिसभाको फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत, अब विद्युतीय हाजिरी हुने

kharibot

काठमाडौं । प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।

उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए । उनले सांसदहरुको विद्युतीय हाजिर गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए । उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए । 

साथै सभामुख घिमिरेले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै