• २०८१ बैशाख १५ शनिबार

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली

kharibot

काठमाडौं ।  नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ ।

डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो ।

लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुराउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुराए पनि लोड पर्ने खालको लागि बत्ति नपुगे पछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मूख्य विषय बनाउँदै आएको थियो ।

गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पुराएको हो । गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिए पछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम शुरु भएको थियो । विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफरमर जडान गरेको छ । 

अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँका काठमाडौंको ३ फेज लाईन सहितको बिजुली आईपुगेपछि स्थानीयले नेकपा एमालेका बागती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेको हो । यहि क्रममा श्रेष्ठले आफुले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परेपनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताए । यस अघि ककनी ४ मा रहेको विद्यालयमा जापानीज संस्थाको सहकार्यमा विभिन्न कक्षाहरु संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै