काठमाडौँ । नेपालले अफगानिस्तानविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ ।
टस हारेर पहिला बलिङ गरिरहेको नेपालले अफगानिस्तानको पाँचौं विकेट लिएको छ । नेपाली बलर आकाश चन्दले चार विकेट लिएका छन् भने गुलशन झाले एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन बनाएको छ ।