• २०८१ बैशाख १७ सोमबार

कोशीबाट कृष्ण सिटौला विजयी

kharibot

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् ।

२ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फ भने सिटौलाले अग्रता हासिल गरेपछि विजयी भएका हुन् । 

सिटौलाले कुल ५ हजार २९२ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरेका छन् ।

कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै