• २०८१ बैशाख १९ बुधबार

राष्ट्रिय सभा निर्वाचन : सकियो कर्णालीमा मतदान

kharibot

सुर्खेत। देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ ।

तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । 

प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।  

कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन्  ।

 साथै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै