• २०८१ बैशाख १७ सोमबार

लिभरपुल ईएफएल कपको फाइनलमा

kharibot

काठमाडौँ । लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।

यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो ।

अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै