• २०८१ बैशाख १६ आइतबार

चेल्सी इएफएल कपको फाइनलमा

kharibot

काठमाडौँ । चेल्सी इएफएल कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा चेल्सीले मिडल्सब्रोलाई ६-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो ।

चेल्सीको जितमा कोल पाल्मेरले २ गोल गरेका थिए भने एन्जो फेर्नानडेज, नोनी माडुएके र एक्सेल डिसासीले एक एक गोल गरेका थिए । त्यस्तै मिडल्सब्रोका जोनी होवसनले एक गोल आत्मघाती गोल गरेका थिए । त्यस्तै मिडल्सब्रोका लागि मोर्गान रोजर्सले एक गोल गरेका थिए ।      

यस अघि पहिलो लिगमा मिडल्सब्रोले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

अब चेल्सीले लिभरपुल र फुलह्यामबीचको विजेतासँग फाइनलमा खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै