• २०८१ बैशाख १६ आइतबार

अजय देवगनका यस बर्ष पाँच फिल्म रिलिज हुदै

kharibot

काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अजय देवगनका यस बर्ष पाँच फिल्म रिलिज हुने भएका छन् । अजयका यस बर्ष शैतान, औरों मे कहाँ दम था, मैदान, सिंघम अगेन र रेड- २ जस्ता फिल्म रिलिजको तयारीमा रहेका छन् ।

शैतान

अजय देवगनले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा फिल्म शैतानको पोस्ट सेयर गरेका छन् । उनले लेखेका छन्- शैतान तिमीलाई भेट्न आउँदैछ । यो फिल्म आगामी मार्च ८ मा रिलिज हुने बताइएको छ ।

यो एक मनोरञ्जनात्मक अलौकिक थ्रिलर फिल्म हुनेछ । यस फिल्ममा अजय देवगनसँगै आर माधवन, ज्योतिका सरावनन र जानकी बोडिवाला पनि देखिनेछन् । यो फिल्मको निर्देशन विकास बहलले गरेका छन् ।

औरो मे दम कहाँ था

यस फिल्ममा अजय देवगन र तब्बु फेरि एकसाथ काम गर्ने भएका छन् । नीरज पाण्डे निर्देशित फिल्म और मे कहाँ दम थामा यी दुवै एकसाथ देखिनेछन् । फिल्मको कथा सन् २००२ देखि २०२३ को बीचमा हुनेछ । यी बीस वर्षको सांगीतिक प्रेमकथालाई पर्दामा देखाइनेछ । फिल्ममा जिम्मी शेरगिल, साई मांजरेकर र शान्तनु महेश्वरी पनि देखिनेछन् । यो रोमान्टिक ड्रामा फिल्म २६ अप्रिलमा हलमा रिलिज हुँदैछ ।

मैदान

अजय देवगनको स्पोर्ट्स ड्रामा फिल्म यस वर्षको इदको अवसरमा रिलिजको तयारीमा छ । फिल्ममा अजय देवगन भारतीय फुटबलका संस्थापक मानिने फुटबल प्रशिक्षक सैयद अब्दुल रहमानको भूमिकामा देखिनेछन् । सय्यद अब्दुल रहमानले सन् १९५० देखि १९६३ सम्म भारतीय फुटबल टोलीको प्रशिक्षक र प्रबन्धकको रूपमा काम गरेका थिए । अमित रविन्द्रनाथ शर्माको निर्देशनमा बनेको यो फिल्म जुन २३ मा रिलिज हुँदैछ ।

सिंघम अगेन 

रोहित शेट्टीको सिंघम फ्रेन्चाइजीको यो तेस्रो फिल्म हुनेछ । यो मल्टिस्टारर फिल्मको स्टारकास्टको सूची पनि निकै लामो छ । अजय देवगन, करीना कपुर, दीपिका पादुकोण, टाइगर श्राफ लगायतका अन्य स्टारहरु पनि देखिनेछन् । फिल्ममा अक्षय कुमार पनि केमियोको भूमिकामा देखिनेछन् । यो फिल्म अगस्ट १५ मा साउथ सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ सँग भिड्दैछ । एक अन्तर्वार्तामा अजय देवगनले अल्लु अर्जुनप्रति निराशा व्यक्त गरेका थिए । पुष्पा २ होस् वा सिंघम अगेन दुबै ब्लकबस्टर फिल्म साबित हुने अजयको विश्वास छ ।

रेड- २ 

रेड- २ को कथा १९८० मा आयकर अधिकारीहरुद्वारा वास्तविक जीवनमा छापा मरेको कथामा आधारित हुनेछ । यस फिल्ममा सौरभ शुक्ला, इलियाना डिक्रुज र रितेश देशमुख पनि देखिनेछन् । फिल्ममा रितेश खलनायकको भूमिकामा देखिनेछन् । राजकुमार गुप्ताको निर्देशनमा बनेको यो फिल्म नोभेम्बर १५ मा रिलिज हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै