• २०८१ बैशाख १७ सोमबार

ओपन एआईका प्रमुख अल्टम्यानले गरे विवाह

kharibot

काठमाडौँ । च्याट जिपिटीको मुख्य कम्पनी ओपन एआईका प्रमुख साम अल्टम्यानले विवाह गरेका छन् ।

समलिंगी अल्टम्यानले आफ्नो सबैभन्दा मिल्ने साथी ओलिभर मुल्हेरिनसँग विवाह गरेका हुन् । ३८ बर्षिय अल्टम्यानले जनवरी १० मा विवाह गरेको बताइएको छ । 

सामाजिक सञ्जालमा सार्बजनिक विवाहको तस्वीरमा अल्टम्यान र मुल्हेरिन दुबैले सेतो बटन-डाउन शर्ट, हल्का बेज प्यान्ट र सेतो स्नीकर लगाएको देखिएको छ ।

अल्टम्यानका मिल्ने साथीसमेत रहेका मुल्हेरिन एक अष्ट्रेलियाली प्रोग्रामर हुन् जसले मेलबर्न विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरेका थिए । उनले दुई बर्ष मेटामा समेत काम गरेको बताइएको छ । 

सेप्टेम्बर २०२३ मा न्यूयोर्क म्यागजिनसँगको अन्तर्वार्तामा, अल्टम्यानले सान फ्रान्सिस्कोको रूसी हिलमा मुल्हेरिनसँग बस्ने गरेको खुलासा गरेपछि उनीहरुको सम्बन्ध बाहिर आएको थियो ।

अहिले दुवैको विवाहको इन्टरनेटमा व्यापक चर्चा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै