काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार पेट्रोल, डिजेल र मट्टितेलमा १-१ रुपैयाँ मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।