• २०८१ जेठ ६ आइतबार

एआईले विश्वभर ४० प्रतिशत रोजगारीलाई प्रभाव पार्छ- आईएमएफ प्रमुख जर्जिएभा

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभर रोजगारीको सुरक्षाका लागि खतरनाक साबित हुने बताएकी छिन् ।

स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुनुअघि आईएमएफका प्रमुख जर्जिएभाले एआईले विकसित देशका ६० प्रतिशत रोजगारीलाई असर पुग्ने बताएकी हुन् ।

उनले भनिन- एआईका कारण विकसित देशहरूमा ६० प्रतिशत रोजगारी खतरामा पर्नेछ । यो काम सुरक्षाको दृष्टिकोणले पनि खतरनाक साबित हुनेछ। तर, आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व बढाउन अवसरहरू सिर्जना गर्नेछ। त्यसैले, एआई पक्कै खतरनाक छ तर यसले सबैलाई अवसर पनि दिनेछ ।' आईएमएफको नयाँ रिपोर्टलाई उद्धृत गर्दै उनले भनिन्- 'विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुन सक्छ तर विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुन सक्छ ।' 

यससँगै उनले सन् २०२४ को लागि विश्वलाई चेतावनी दिएकी छन् । उनले सन् २०२४ विश्व अर्थतन्त्रका लागि कठिन वर्ष हुन सक्ने बताइन् । कोरोनाको समयमा लिइएको ऋणको जालबाट विश्व अझै उम्कन सकेको छैन । यो वर्ष विश्वका ६० भन्दा बढी देशमा चुनाव हुँदैछ । यस्तो अवस्थामा सरकारले जनतालाई लोभ्याउन पैसा खर्च गर्छ, यसले देशको ऋण थप बढाउँछ ।

आइएमएफको नयाँ रिपोर्ट जनवरी १४ मा प्रकाशित भएको थियो। उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूमा श्रम बजारमा एआईको प्रारम्भिक प्रभाव कम हुने अनुमान गरिएको छ ।

आईएमएफ प्रमुखले भनिन्- हामीले विशेष गरी न्यून आय भएका देशहरूलाई छिटो अगाडि बढ्न मद्दत गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ, ताकि उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको आगमनले सिर्जना गरेका अवसरहरूको फाइदा लिन सकून् ।

आईएमएफको प्रतिवेदनमा एआईले विश्वभरका आधा रोजगारीमा प्रतिकूल असर पर्ने बताएको छ। यसको सकारात्मक प्रभाव बाँकी आधा जागिरमा देख्न सकिन्छ । प्रतिवेदनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सको खतरा ती देशहरूमा सबैभन्दा बढी हुनेछ जहाँ उच्च सीपयुक्त रोजगारीको माग छ ।

आइएमएफ प्रमुख जर्जिएभाले भनिन्- 'एकातिर आर्टिफिसियल इन्टेलिजेन्सको आगमनले तपाईको जागिर पूर्ण रूपमा नष्ट हुन सक्छ, अर्कोतर्फ यसले रोजगारी बढाउन सक्छ । रोजगारीको अवसर बढ्यो भने उत्पादकत्व पनि बढ्छ । यसले आम्दानी र जीवनस्तरमा पनि वृद्धि हुनेछ । यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ ।'

ओपनएआईका सीईओ र एआई च्याटबोट ‘च्याट जीपीटी’ का निर्माता साम अल्टम्यान भन्छन् – 'आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विज्ञानमा पत्ता लागेको सबैभन्दा परिवर्तनकारी प्रविधि हो । यसले नयाँ अवसर दिएको छ । मानिसले भन्दा १०० गुणा बढी काम गर्न सक्छ, तर मानव बुद्धि र रचनात्मकतालाई कहिल्यै पार गर्न सक्दैन ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै