• २०८१ बैशाख १६ आइतबार

अष्ट्रेलिया यमनमा हवाई आक्रमणमा अमेरिका र बेलायतको साथ संलग्न

kharibot

क्यानबेरा । अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका छन् ।

मार्लेसले हुथिहरूका विषयमा अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो जसले हुथी विद्रोहीहरूलाई लाल सागरमा सामुद्रिक गतिविधिमा आक्रमण गरिरह्यो भने त्यसको परिणाम भोग्नुपर्नेछ भनी चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । 

"उनीहरूले सामुद्रिक र नौसैनिक सम्पत्तिहरूमा आक्रमण जारी राखेका छन्। परिणामस्वरूप  त्यसको विरुद्ध आज आक्रमण भएको छ।" उनले भने ।  यद्यपि अष्ट्रेलियाले डिसेम्बरमा "अन्तरराष्ट्रिय ढुवानी लेनहरू सुरक्षित गर्न मद्दत गर्न" लाल सागरमा रोयल अष्ट्रेलियन नौसेना युद्धपोत पठाउन संयुक्त राज्य अमेरिकाको अनुरोधलाई अस्वीकार गरेको थियो ।

साथै सरकारले बहराइनमा रहेको ३९ राष्ट्रको कम्बाइन्ड मेरिटाइम फोर्स कमाण्डमा अष्ट्रेलियाली रक्षा बलका अतिरिक्त अधिकारीहरू तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै