• २०८१ बैशाख २४ सोमबार

एम्बाप्पे पिएसजीविरुद्ध जादैनन्- अध्यक्ष नासर

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीका अध्यक्ष नासर अल खेलाइफीले किलीयन एम्बाप्पेले क्लबविरुद्ध नजाने विश्वास व्यक्त गरेका छन् ।

एम्बाप्पेले रियल म्याड्रिड जाने सम्झौता गरेको विषय बाहिर आइरहेका बेला पिएसजीका अध्यक्ष नासेरले एम्बाप्पेको विषयमा कुरा गर्दै अहिले क्लबमा उनी खुशी रहेको बताएका छन् । एम्बाप्पेको पिएसजीमा अब सम्झौता ६ महिना बाँकी रहेका बेला उनी कुनैपनि क्लबसँग नेगोसियसन गर्न स्वतन्त्र हुने छन् ।

अहिले रियल म्याड्रिड र् लिभरपुल एम्बाप्पेलाई भित्र्याउने दौडमा अगाडी रहेका छन् । अहिले पनि एम्बाप्पेले आफ्नो भविष्यको बारेमा निर्णय लिएका छैनन् ।

अब पिएसजीका अध्यक्ष नासरले आरएमसीसँगको अन्तर्वार्तामा आफ्नो एम्बाप्पेसँग राम्रो सम्बन्ध रहेको बताउदै उनीसँग अहिले आफ्नो जेन्टलम्यान अग्रिमेंट रहेको स्पष्ट गरका छन् । उनले एम्बाप्पेले सहि समयमा सहि निर्णय लिने बताउदै अहिले उनलाई यस बारेमा दबाब नदिन आग्रह गरेका छन् ।

उनले भनेका छन्- म पूर्ण विश्वस्त छु की एम्बाप्पेले क्लबविरुद्ध कुनै निर्णय लिने छैनन् । हामी एकै परिवारका सदस्य हौँ ।' उनले एम्बाप्पेको विश्वको उत्कृष्ट खेलाडी भएको र पिएसजीमा उनले अझै धेरै ट्रफी जित्न सक्ने बताएका छन् ।

एम्बाप्पेलाई भित्रयाउन यस अघि लागि परेको रियल म्याड्रिड अहिले भने उनी प्रति पहिलो जस्तो लगाव नदेखाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एम्बाप्पेले पिएसजीमा आफ्नो भविष्य बारे फेब्रुअरीसम्म निर्णय लिने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै