• २०८१ बैशाख २० बिहीबार

संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने, यस्तो भयो सहमति 

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालका अनुसार सहमतिको आधारमा संविधान संशोधन गर्नेगरी सरकारमा जान सहमति भएको हो ।

सहमतिमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषहरू देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने उल्लेख गरिएको छ  ।

सहमतिपत्रमा भनिएको छ, 'सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । उपरोक्त कार्यहरू आन्तरिक गृहकार्यगरी सहमतिमा समाधान गरिनेछ।'
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै