• २०८१ बैशाख १७ सोमबार

दलका शिर्ष नेताहरुसँग होटलमा विदेशमन्त्री जयशंकरको भेटवार्ता

kharibot

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन् ।

बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

शिर्ष नेताहरुसँगको भेटका क्रममा विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई थप उचाईमा लैजान प्रयत्न गर्ने बताएका थिए ।

विहिबार बिहान काठमाडौँ आएका विदेशमन्त्री जयशंकरले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।  त्यस्तै उनले आजै नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिएका थिए भने परराष्ट्रमन्त्री एनपी साउदसँग पनि दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए ।

विदेशमन्त्री जयशंकर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै